२०८१ बैशाख ६ गते , विहीबार

झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर

sajilo news
झापा
२०८० जेष्ठ ६ गते , शनिबार
झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । बिर्तामोडमा आयोजित नगर स्तरीय कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्बर २ को १ का सचिवालय सदस्य तथा क्षेत्रीय प्रतिनिधि रवीन्द्र भट्टराई, नेपाली काँग्रेस बिर्तामोड नगर समितिका पूर्व सचिव उत्तम खनाल, नेपाली काँग्रेस बिर्तामोड–४ का पूर्व वडा सभापति राजकुमार प्रसाईँ पार्टी परित्याग गर्दै स्वतन्त्रमा प्रवेश गरेका हुन् ।

युनिकम नेपालका केन्द्रीय अध्यक्षता नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि गजेन्द्र पौडेल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा नेपाली काँग्रेसका पूर्व क्षेत्रीय प्रतिनिधि राजकुमार घिमिरे राजु, बिर्तामोड ५ का टोल समिति अध्यक्ष चित्रबहादुर पोखरेल दीपक, व्यवसायीहरू रूपक थापा, सुबोध पाठक, नेकपा एमालेका नरेन्द्रराज प्रसाईँ लगायतले पार्टी परित्याग गर्दै स्वतन्त्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेताले उनीहरूलाई पार्टी प्रवेशको सदस्यता प्रदान गरेका थिए । सभामा सांसद डा. तोशिमा कार्की, निशा डाँगी, मनिष झा, पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईँ लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार