२०८० जेष्ठ १६ गते , मंगलबार

माओवादी झापाले आज पालिकाभर ‘लाइट फोकस’ गर्ने

sajilo news
झापा
२०८० जेष्ठ ३ गते , बुधबार
माओवादी झापाले आज पालिकाभर ‘लाइट फोकस’ गर्ने

बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरीय जनवर्गीय सङ्गठनहरू र पालिका अध्यक्षहरूको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरूको फायल खोलेर दोषीलाई कारबाहीको कठघरामा उभ्याएर राम्रो कामको सुरुवात गरेको निष्कर्ष निकालेको छ ।

जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेठ ३ गते आज साँझ जिल्लाका मुख्य सहरहरूमा टर्च लाइट बालेर उज्यालो नेपालको लागि सरकारलाई साथ दिने भएका छन् । मुलुकलाई उज्यालोतर्फ लान खोज्नु सकारात्मक कदम भन्दै राम्रा कामको लागि समर्थन स्वरूप जिल्लाभरका पालिकामा लाइट फोकस गर्ने कार्यक्रम तय गरिएको नेकपा माओवादी जिल्ला समितिका संयोजक राजु आचार्य अग्निले जानकारी दिए ।

उज्यालो नेपालको लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, सुरुंगा, शिवसताक्षी, दमक लगायतका पालिकामा एकै पटक कार्यक्रम गरिने योजना तय भएको दमक नगर समितिका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

शिवसताक्षी नगर समितिका अध्यक्ष महेन्द्र भट्टराईले प्रेस सेन्टर नेपाल झापामा आबद्ध पत्रकारहरूसँगको भेटमा नगर स्तरमा सबै जनवर्गीय संगठनका नेता कार्यकर्तालाई कार्यक्रममा सहभागी हुन आव्हान गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार