२०८३ बैशाख ५ गते , शनिबार

लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित

sajilo news
एजेन्सी
२०८० बैशाख २६ गते , मंगलबार
लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित

काठमाडौं । लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित भएका छन्। अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले ब्यक्तिगततर्फ र विश्व विजेता अर्जेन्टिनी फुटबलका सदस्यले विश्व खेलकुदको प्रतिष्ठित अवार्ड लाउरेस  प्राप्त गरेका हुन्। 

मेस्सी विधागत र समूहगत रुपमा उत्कृष्ट हुने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै महिलातर्फ जमैकाककी धावक सेलिन एन फ्रासर प्रेस उत्कृष्ट अवार्ड जित्न सफल भइन्। 

यस्तै स्पेनिस युवा स्टार खेलाडी कार्लोस अल्काराज उदयीमान खेलाडीको पुरस्कार अर्थात लाउरेस ब्रेकथुर अफ दि इएर घोषित भए।

युरो २०२० मा कार्डिक अरेष्ट भएपछि पुनः फिट भएर मैदान फर्किएका डेनिस खेलाडी क्रिस्टेन एरिसनले लाउरेस वर्ल्ड कमब्याक अफ दि इएरको अवार्ड जित्न सफल भए ।

लाउरेस वर्ल्ड स्पोर्ट अवार्डमा मनोनीत हुनेहरु ग्लोबल मिडियाद्वारा छनोट हुन्छन्। तर विजेताहरु लाउरेस वर्ल्ड स्पोर्टस एकेडेमीका ७१ सदस्यले निर्धारण गर्नेछन्। विश्व खेलकुदको प्रतिष्ठित अवार्ड मध्येको एक यो पुरस्कार सन् २००० देखि हरेक वर्ष हुँदै आएको छ। 

सम्बन्धित समाचार