२०८३ बैशाख ५ गते , शनिबार

झापाले उचाल्यो उपमेयर गोल्डकपको उपाधि

sajilo news
झापा
२०८० बैशाख २४ गते , आईतबार
झापाले उचाल्यो उपमेयर गोल्डकपको उपाधि

प्रथम उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले चुमेको छ। त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा पिएसडव्लुसी पथरी मोरङलाई ३-० ले पछि पार्दै झापाले जित निकालेको हो।

निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औं मिनेटमा रजनी थोकरले खाता खोलेकी थिइन्। लगत्तै ३२ औं मिनेटमा थोकरले दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। सुरुवाती चरणदेखि नै दबाबमा पारेको झापाले दोस्रो हाफको ३२ औं मिनेटमा झापाका मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिइन्। 

प्रतिउत्तरमा मोरङका खेलाडीले केही अवसर पाए पनि गोल गर्न सकेनन्। सुरुवातदेखि नै राम्रो फिनिसिङ निकालेर आक्रमक खेल खेलेको झापाले प्रहार गरेको वल गोलकिपर राधिका ओलीले छेकेकी थिइन्। 

जितसँगै झापाले नगद एक लाखसहित ट्रफी, मेडलले सम्मानित भएको छ। उपविजेता मोरङले नगद ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्‍यो। प्रतियोगितामा सात विद्याका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजक फुटबल संघका अध्यक्ष रन्जन कार्कीले बताए। 

उनका अनुसार खेलको उत्कृष्ट गोलरक्षक मोरङका राधिका ओली घोषित भइन्। त्यसैगरी, बेष्ट डिफेन्डर झापाका एलेक्स चौधरी, वेष्ट प्रशिक्षक झापाका मिलन गुरुङ घोषित भए। त्यस्तै वेष्टमिडफिल्डर झापाका रश्मी घिसिङ, सर्वाधिक गोलकर्ता झापाका रजनी थोकर, उदयमान खेलाडी गाइघाटका सविता रोका घोषित भए। उनीहरूलाई जनही तीन हजारले सम्मान गरियो। 

त्यस्तै, सर्वोत्कृष्ट खेलाडी घोषित भएकी झापाकी सविता राना मगरलाई नगद पाँच हजारले सम्मान गरियो। विजेता र उपेविजेता समुहलाई कोसी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले नगदसहित ट्रफीले सम्मान गरे।

सम्बन्धित समाचार