२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन

sajilo news
झापा
२०८० बैशाख २० गते , बुधबार
भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन

भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । बुधवार बिहान एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो ।

गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो ।

साबिक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नति गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको अध्यक्ष दीपेश ढकालले जानकारी दिए । दुई कोठे सो भवनमा एउटा बैठक कक्ष र कार्यालय तथा अर्कोमा लेखा शाखा निर्माण गरिएको छ ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकप अध्यक्ष ढकाल, मुख्य सल्लाहकार टिकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत् उद्घाटन गरेका थिए ।

गोल्डकपले यही मङ्सिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्ला स्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्दैछ । त्यस्तै, ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  

सम्बन्धित समाचार