बक्सिङ संघ झापाको अध्यक्षमा युवराज खड्का
बक्सिङ संघ झापाको अध्यक्षमा युवराज खड्का सर्वसम्मत चयन भएका छन् । संघद्वारा चन्द्रगढीस्थित खेलकुद विकास समितिको हलमा आयोजित पाँचौँ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
अधिवेशनले नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केशर कुमार मगर , उपाध्यक्षहरूमा दिनेश राय क्षेत्री ,गोपाल बुढाथोकी र दिनेश अधिकारी, महासचिवमा तर्कराज राई, सचिवमा आकाश उप्रेती र कोषाध्यक्षमा सुस्मिता नेम्वाङलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा मदनकुमार राई, सुधीर तामाङ, बुत कुमार राजवंशी, गोपाल बस्नेत, सिताराम चौधरी र उमेश चौधरी चयन भएका छन् । विधान अनुसार समितिको कार्यकाल ५ वर्ष रहने बताइएको छ । बक्सिङ संघ झापाका अध्यक्ष सञ्जीव घोषको सभापतित्व तथा पूर्व बक्सिङ प्रशिक्षक एवंम भद्रपुर नगरपालिका – ८ का वडा अध्यक्ष मनोज सुब्बा (गौरव) को प्रमुख आतिथ्य रहेको अधिवेशन खुल्ला सत्रमा प्रमुख अतिथि गौरव, खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । बक्सिङ प्रशिक्षक डम्बर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।