२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुर वडा स्तरीय क्रिकेटको उपाधि वडा ८ ले उचाल्यो

sajilo news
झापा
२०८० बैशाख १८ गते , सोमबार
भद्रपुर वडा स्तरीय क्रिकेटको उपाधि वडा ८ ले उचाल्यो

भद्रपुर । भद्रपुर वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले उचालेको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई हराउँदै वडा नम्बर ८ ले उपाधि हात पारेको हो ।

पहिला ब्याटिङ रोज्दै वडा ८ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रनको विशाल योगफल खडा गरेको थियो । भद्रपुर–८ का लागि अंकित सुवेदीले १४३ रन र शिबु बुढाथोकीले ३८ रन बनाएका थिए । जीतका लागि २०४ लक्ष्य पछ्याएको भद्रपुर–५ ले ११ ओभरमा ६० रन जोड्दै अलटाउट भएको थियो । जीतसँगै वडा ८ ले प्रथम पुरस्कार रु १५ हजार र उपविजेता वडा ५ ले १० हजार, ट्रफी र मेडल पाएको छ ।  खेलको म्यान अफ द म्याच सुवेदी घोषित भएका छन् । प्रतियोगिताको म्यान अफ द सिरिज वडा  ८ का अंकित सुवेदी, वडा ८ का वेस्ट ब्याट्सम्यान शिबु बुढाथोकी, वडा ८ का वेस्ट बलर सिद्धार्थ कुमाल, वडा ५ का वेस्ट फिल्डर भास्कर शर्मा र वडा ६ का वेस्ट विकेट किपर राहुल गुप्ता घोषित भएका छन् । 

आयोजक संस्था भद्रपुर बल ब्लास्टरका अध्यक्ष समीर शेखको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता, उपविजेता एवम् उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य मोहन महर्जन, विशेष अतिथि निवर्तमान नगरप्रमुख जीवन श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की, वडा ८ का वडा अध्यक्ष गौरव सुब्बा, भद्रपुर गोल्डकपका अध्यक्ष दीपेश ढकाल, भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली लगायतले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार