२०८३ बैशाख ५ गते , शनिबार

एसीसी प्रिमियर कप : आज नेपाल र कतार भिडदै

sajilo news
झापा
२०८० बैशाख १४ गते , विहीबार
एसीसी प्रिमियर कप : आज नेपाल र कतार भिडदै

एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज कतारसँग खेल्दै छ। समूह एमा रहेको नेपालले समूह चरणको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट खेल्नेछ। समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। 

नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।  यो समूहबाट ओमान सेमिफाइनलमा पुगिसकेको छ। 

आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह बी बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 

एसियाका शीर्ष १० एसोसियट राष्ट्रबीच भएको  प्रतियोगिताको च्याम्पियनले एसिया कपमा स्थान बनाउने छ। नेपाल रहेको समूहमा ओमान, कतार, साउदी अरेबिया र मलेसिया छन्। हङकङ, यूएई, कुवेत ,सिंगापुर र बहराइन अर्को समूहमा छन्। 

सम्बन्धित समाचार