२०८३ बैशाख ३ गते , विहीबार

आज नेपाल र साउदी अरेबियाँ भिड्दै

sajilo news
झापा
२०८० बैशाख ११ गते , सोमबार
आज नेपाल र साउदी अरेबियाँ भिड्दै

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियाँसँग खेल्दैछ। यी दुईबीचको खेल विहान ९ बजे  मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो।

नेपालले यस प्रतियोगितामा खेलेका यसअघिका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ।  पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। 

 साउदी अरेबियाले भने यसअघि खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरेको छ। साउदी अरेबियाले कतारलाई पराजित गरेको थियो भने मलेसियासँग हार बेहोरेको थियो।

आज टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत बहराइन र हङकङबीच खेल हुने छ। हङकङले यसअघि खेलेका दुवै खेल जितेको छ। हङकङले युएई र सिंगापुरलाई पराजित गरेको थियो।

त्यस्तै बहराइनले भने एक जित र एक हार बेहोरेको छ । बहराइनले सिंगापुरलाई पराजित गरेको थियो भने कुवेतसँग हार बेहोरेको थियो।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन्।विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ।  

सम्बन्धित समाचार