२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा वडास्तरीय टी-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा ६ विजयी

sajilo news
झापा
२०८० बैशाख ७ गते , विहीबार
भद्रपुरमा वडास्तरीय टी-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा ६ विजयी

भद्रपुर । भद्रपुर वडास्तरीय टी-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।  भद्रपुर बलबस्टर्स क्लबको आयोजना भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई एक सय रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । 

टच हारेपछि पहिला ब्याटिङ पाएका वडा नम्बर ६ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको विशाल स्कोर खडा गरे । वडा ६ का नीरज चौधरीले ३४ रन बनाउँदा राहुल गुप्ताले ३२ रन, बिट्टु कामती र राकेश साहले ३०/३० रन, नीरज , ईश्वर हाडाले १८ रन र मनिष कामतीले १६ रन बनाएका थिए । वडा ९ का पारस बास्तोला र निशान मगरले दुई/दुई विकेट लिएका थिए, भने विशाल राई, मिलन राउत र राजन भट्टराईले समान एक विकेट लिएका थिए । २१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा ९ नम्बर निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११८ रन बनाएका थिए । 

वडा ९ का पारस बास्तोलाले ४० रन बनाउँदा पुष्कर दाहालले ५ र विशाल राईले ६ रन बनाएका थिए । वडा ६ का बिट्टु कामतीले ५ विकेट लिँदा अभय रजाकले दुई, बासूँ साह र मानस कर्मकारले एक एक विकेट लिएका थिए । खेलको म्याद अफ द म्याच वडा ६ का बिट्टु कामती घोषित भए । शुक्रबार हुने खेल वडा नम्बर ८ र १० बीच हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको विजेतालाई नगद ३० हजार र उपविजेतालाई नगद २० हजारसहित ट्रफि प्रदान गरिने क्लबका सहसचिव किशोर लामाले जानकारी दिए ।  क्लबका अध्यक्ष मोहम्मद अफ्रोजको अध्यक्षतामा तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।  

सम्बन्धित समाचार