क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका याक्सो
क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरूको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरूको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो ।
याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्ट बहादुर लिम्बु, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा सरोज कालिका चयन भएका छन् । त्यस्तै, विपुल याक्सो, श्याम लिम्बु, आशा तामाङ, पञ्चमाया शेर्मा र सोना लिम्बु सदस्य बनेका छन् ।
विदेशी भूमिमा पनि नेपाली कलाकारितालाई संरक्षण गर्दै कलाकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संघ गठन गरिएको अध्यक्ष याक्सोले बताए । ‘विदेशी भूमिमा रहेका कलाकारलाई सुख, दुःखमा साथ दिँदै उनीहरूको कलाकारितालाई अभिवृद्धि गर्न संघले काम गर्नेछ’ याक्सोले भने । उनले क्यानडामा विभिन्न कार्यक्रमहरू आयोजना, संयोजन गर्ने तयारी गरिएको र निकट भविष्यमा चलचित्र समेत निर्माण गर्ने योजना रहेको बताए ।