२०८३ बैशाख ३ गते , विहीबार

एसीसी प्रिमियर लिग आजदेखि सुरु, उद्घाटन खेलमा नेपाल र मलेशिया भिड्दै

sajilo news
झापा
२०८० बैशाख ५ गते , मंगलबार
एसीसी प्रिमियर लिग आजदेखि सुरु, उद्घाटन खेलमा नेपाल र मलेशिया भिड्दै

एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
उद्घाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्दैछ ।  यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु भएको क्यानले जनाएको छ। नेपालले मलेशियाविरुद्ध बलिङ गरिरहेको छ । 
मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भए पनि त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले टिकटको मूल्य २०० रूपैयाँ निर्धारण गरेको छ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एउटा खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। उपाधि विजेताले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

सम्बन्धित समाचार