२०८० मंसीर १६ गते , शनिबार

इलाम महोत्सवमा भागदौड मच्चिदा १८ जना घाइते

sajilo news
इलाम
२०८० बैशाख २ गते , शनिबार
इलाम महोत्सवमा भागदौड मच्चिदा १८ जना घाइते

इलाम महोत्सवमा हिजो शुक्रबार साँझ भागाभाग हुँदा घाइते हुनेको सङ्ख्या १८ पुगेको छ । महोत्सवमा हिजो साँझ गायक प्रमोद खरेलको कन्सर्ट हेर्नका लागि अत्यधिक भीड भएका बेला भागाभाग भएको हो । राति साढे ८ बजेतिर कन्सर्ट हेर्नका लागि छिर्ने क्रममा गेटमा च्यापिएर १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यसमध्ये गम्भीर अवस्थाका ६ जनालाई झापातर्फ ल्याइएको छ । ५ जनाको बिएण्डसि हस्पिटल र एक जनाको बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार