२०८१ बैशाख ३ गते , सोमबार

शाहरुख अभिनित पठानद्वारा १०२६ करोड संकलन

sajilo news
एजेन्सी
२०७९ फाल्गुन २२ गते , सोमबार
शाहरुख अभिनित पठानद्वारा १०२६ करोड संकलन

शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दामाथिको किर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ । बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ ।

दक्षिणी फिल्महरूले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरूले टिप्पणी गर्न थालेका छन् ।

सम्बन्धित समाचार