२०८३ बैशाख २४ गते , विहीबार

ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ फाल्गुन १५ गते , सोमबार
ब्राउन सुगरसहित दुई जना पक्राउ

 झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-१० नागाडुब्बाका ४८ वर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उता  सुनसरीको इटहरी उप-महानगरपालिका-४ मा लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका वदन लिम्बूले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधीLUPIGESIC, DIAZEPAM र PHENERGAN गरी १ सय ८८ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार