२०८३ बैशाख २४ गते , विहीबार
झापामा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
झापामा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– १० निवासी ३८ वर्षीय जेठ्वा भन्ने मोहम्मद नौसाद आलम रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार झापा जिल्ला अदालत भद्रपुरको २०७८ माघ २४ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका आलमलाई ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकेका थिए ।
सोही दिनदेखि फरार रहेका उनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए ।