२०८३ बैशाख २४ गते , विहीबार
गौरीगञ्जमा गाँजासहित दुई जना पक्राउ
प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित दुई जनालाई गौरीगञ्जमा पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका- ३ मा गौरादह ८ बस्ने अन्दाजी २४ वर्षीय बबि राजवंशीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकमा २ प्याकेट करिब ७०० मिलिग्राम गाँजा फेला परेको थियो ।
सोधपुछ गर्दा गौरीगञ्ज गाउँपालिका -३ बस्ने १९ वर्षीय सञ्जीव रौनियारसँग खरिद गरी ल्याएको भनी खुलाएकोले उक्त स्थानमा प्रहरी टोली खटी घरमा खानतलासी गर्दा अन्दाजी १ केजी ९२० ग्राम थप गाँजा फेला परेको थियो । ती सामान र उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।