झापामा जबरजस्ती करणी र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
झापामा जबरजस्ती करणी र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग मुद्दामा फरार गौरादह नगरपालिका ३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल पक्राउ परेका हुन् ।
झापा जिल्ला अदालतको २०७७ माघ २७ गते भएको फैसलाविरुद्ध पुनरावेदन परी उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ बैशाख २१ गते पहिलाको फैसला केही उल्टी भई भएको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा पौडेललाई ३ महिना कैद र रु ३ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार पक्राउ गरेको हो । त्यस्तै चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ गौरीगञ्ज गाउँपालिका ३ बस्ने ३० वर्षीय सदरकुमार मकरा पक्राउ परेका छन् ।
झापा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसला अनुसार चोरी उनलाई मुद्दामा ६ महिना कैद र रु ५ हजार जरिवाना सुनाइएको थियो ।
फरार रहेका मकरालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई अदालतको आदेशले झापा कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।