२०८३ बैशाख २४ गते , विहीबार

झापामा श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमान् पक्राउ

sajilo news
झापा
२०७९ माघ २१ गते , शनिबार
झापामा श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षिया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए । स्थानीयले आज दिउँसो ४ः५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेपछि अनुसन्धानको क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । 

उदयपुर रामपुर ८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए । सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । मृतक कल्पनाका पहिलाको श्रीमान् रहेका छन् । पहिलाको श्रीमानपट्टि एउटा छोरी छन् भने बस्नेतपट्टि पनि एउटा छोरी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार