२०८३ बैशाख २४ गते , विहीबार
अवैध सुर्तीसहित एक जना पक्राउ
मोरङको रङ्गेली नगरपालिका–५ आँपगाछी बोर्डरबाट अवैध सुर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ६९० केजी अन्दाजी दुई लाख सात हजार मुल्य बराबरको धुलो सुर्तीसहित ३३ वर्षीय उसमान शेख मियालाई पक्राउ गरेको हो । पक्राउ परेको उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।