२०८३ बैशाख २४ गते , विहीबार

ओम साई पाथीभरा हस्पिटलमा लेजर सर्जरी सेवा  

sajilo news
झापा
२०७९ माघ १६ गते , सोमबार
ओम साई पाथीभरा हस्पिटलमा लेजर सर्जरी सेवा  

भद्रपुर । भद्रपुरस्थित ओम साइ पाथीभरा हस्पिटलले आफ्नो चौधौँ वार्षिक उत्सवको अवसरमा नयाँ सेवा थप विस्तार गरेको छ । हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट किड्नीको ढुङ्गा, पिसाब नलीको ढुङ्गा, पिसाब थैलीको ढुङ्गा प्रोस्टेटको अप्रेसन नचिरीकन र प्वाल नपारीकन गरिने लेजर सेवा सुचारु  गरेको हो ।

यो सेवा विस्तारसँगै बिरामीले यस्ता उपचारको लागि  धेरै खर्च  गरेर अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका अध्यक्ष दीपक कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार साबिक मेची अञ्चल कै पहिलो विशिष्ट उपचार सेवाका रुपमा  २०६६ सालबाट सुरु भएको यस अस्पतालले आफ्नो सेवा प्रारम्भसँगै आइसियु , डायलिसिस,  ल्याप्रोस्कोपिक सर्जरी, न्युरो  सर्जरी, नाक कान घाटी,   अर्थोपेडिक सर्जरी, गाइने सर्जरी, डेण्टल सर्जरी  र विशिष्ट मेडिसिन सेवा दिँदै आएको छ ।

हाल आँखाको उपचार समेत भइरहेको छ । यो सबै सेवा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमबाट बिरामीले उपचार पाइरहेको छ । अस्पतालका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा युरिलोजी सर्जन डा. शशिकुमार सिंहका अनुसार यो २१ औ शताब्दीको विश्व स्तरीय लेजर प्रविधि आरआइआरइसको  लेजर मेसिनबाट नचिरीकन कुनै प्वाल नपारी स्टोनको शल्यक्रिया गर्दा बिरामीहरू लाभान्वित भएका छन् । 

सम्बन्धित समाचार