२०८३ बैशाख २४ गते , विहीबार

भारत गलगलियाका दुई जना ब्राउन सुगरसहित बिर्तामोडमा पक्राउ

sajilo news
झापा
२०७९ माघ १६ गते , सोमबार
भारत गलगलियाका दुई जना ब्राउन सुगरसहित बिर्तामोडमा पक्राउ

झापाको बिर्तामोडमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत विहार किशनगञ्ज जिल्ला गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका- ५ मा आइतबार बेलुका डब्लुबी ७४ बीए ६७७९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

रहमानले मोटरसाइकल चलाइरहेका थिए, भने खान पछाडि सवार थिए । उनीहरू भद्रपुर नाकाबाट ब्राउन सुगर बोकेर बिर्तामोड गएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार