२०८३ बैशाख २४ गते , विहीबार
छोराको कुटपिटबाट बुबाको मृत्यु
सङ्खुवासभाको भोट खोला गाउँपालिका- ५ का ७३ वर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत शुक्रबार राति ११ बजेको समयमा बाबु छोरा बिच घरायसी विषयमा सामान्य वादविवाद भएको र वादविवादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाइते भएका गोठेलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए सँगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेमकुमार राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।