२०८३ बैशाख २४ गते , विहीबार

ब्राउन सुगरसहित मेचीनगरमा एकजना पक्राउ

sajilo news
झापा
२०७९ माघ १५ गते , आईतबार
ब्राउन सुगरसहित मेचीनगरमा एकजना पक्राउ

झापा । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर- ६ काँकडभिट्टा बसपार्क बस्ने ३० वर्षीय प्रह्लाद कार्कीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी वसन्त पाठकले बताए ।

सम्बन्धित समाचार