२०८३ बैशाख २४ गते , विहीबार

झापामा २४ ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ

sajilo news
झापा
२०७९ माघ १३ गते , शुक्रबार
झापामा २४ ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ

झापाको कनकाई नगरपालिका-३ बाट प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । बुधवार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ४ घर भई कनकाई नगरपालिका ३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैयाँ २२ हजार ५०, भारतीय रुपैयाँ ३ हजार २ सय र मे १०प ५७१४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

उक्त सामान बरामद भए सँगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भइरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार