२०८३ बैशाख २४ गते , विहीबार

क्रोएसिया पठाउने नाममा ८ लाख ठगी गर्ने पक्राउ

sajilo news
झापा
२०७९ माघ ११ गते , बुधबार
क्रोएसिया पठाउने नाममा ८ लाख ठगी गर्ने पक्राउ

क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् ।

२९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।

सम्बन्धित समाचार