२०८३ बैशाख २४ गते , विहीबार

घरमै ब्राउन सुगरको कारोबार गर्ने मेचीनगरका आसिर पक्राउ

sajilo news
झापा
२०७९ माघ १० गते , मंगलबार
घरमै ब्राउन सुगरको कारोबार गर्ने मेचीनगरका आसिर पक्राउ

झापाको मेचीनगरबाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-८ का ३६ वर्षीय आसिर खाँ रहेका छन् ।

घरमा नै लागू औषध भण्डारण गरी लागू औषधको बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागू औषध ब्राउन सुगरसहित सोमबार साँझ घरबाट पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोबाइल समेत बरामद गरेको छ । लागू औषधसहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार