२०८३ बैशाख २६ गते , शनिबार

झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

sajilo news
झापा
२०७९ माघ ९ गते , सोमबार
झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।

बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा  आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार