२०८३ बैशाख २६ गते , शनिबार

झापाको कनकाईमा पसल फोडेर दुई लाख बढीको चोरी

sajilo news
झापा
२०७९ माघ ८ गते , आईतबार
झापाको कनकाईमा पसल फोडेर दुई लाख बढीको चोरी

झापाको कनकाईमा एक पसल फोडेर चोरी भएको छ । कनकाई नगरपालिका ५ निवासी प्रेमप्रसाद गौतमले सञ्चालन गरेको किराना पसल फोरेर त्यहाँ रहेको नगद नगद १ लाख ६ हजार एक सय रुपैयाँ, खाद्यान्न सामाग्रीहरू, पेय पदार्थ, जुस, मधु, गुट्खा, पराग, चुरोट स्याम्पु, भोला गरी करिब ७५ हजारको अन्य जिन्सी सामाग्रीहरू चोरी भएको पसल सञ्चालक गौतमले जानकारी दिए । चोरी गर्ने समूहले गत माघ ५ गते रातीको समयमा काठको ढोका फोरेर नगद र जिन्सी गरी २ लाख बराबरको धनमाल लगेको पीडित गौतमले बताए । गौतमले इलाका प्रहरी कार्यालय सुरुङ्गामा उजुरी दिएका छन् । प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार