२०८३ बैशाख २६ गते , शनिबार

इटहरीमा मोटरसाइकल चोर्दाचोर्दै एक युवक समातिए

sajilo news
झापा
२०७९ माघ ६ गते , शुक्रबार
इटहरीमा मोटरसाइकल चोर्दाचोर्दै एक युवक समातिए

इटहरीमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल ४ का २१ वर्षीय पवन आचार्य रहेका छन् ।

गत आइतबार दिउँसोको समयमा इटहरी-५ बाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा आचार्यलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

स्थानीय त्रिलोचन रिजालको घर अगाडि पार्किङ गरी राखेको प्र–१–०२–०४३ प ९२०९ नम्बरको मोटरसाइकलको तार चुड्याएर स्टार्ट गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार