२०८३ बैशाख ३० गते , बुधबार

चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
झापा
२०७९ माघ ६ गते , शुक्रबार
चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ जिल्ला बेशीसहर नगरपालिका- ६ लमजुङ घर भई काठमाडौँ महानगरपालिका- ५ बसपार्क स्थित मिलन टोलमा डेरा गरी बस्दै आएका २४ वर्षीय युकेन गुरुङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

गुरुङ बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका बिहीबार साँझ ७ बजे चन्द्रगढी विमानस्थलबाट पुगेका थिए । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले यात्रु शाखामा चेकजाँचको क्रममा उनले टाउजरको इँजार रहने प्वालभित्र लुकाइछिपाई लैजाँदै गरेको १२ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

सम्बन्धित समाचार