२०८३ बैशाख २४ गते , विहीबार

झापाको अर्जुनधारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ पौष २९ गते , शुक्रबार
झापाको अर्जुनधारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको अर्जुनधारामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका- ७ निवासी २६ वर्षीय विकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय निर्मल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका- ६ स्थित महानन्द चौकमा शुक्रबार साँझ ७ बजे उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार