२०८३ बैशाख २६ गते , शनिबार

मोरङमा लागु औषधसहित पाँचथरकी युवती पक्राउ

sajilo news
मोरङ
२०७९ पौष २९ गते , शुक्रबार
मोरङमा लागु औषधसहित पाँचथरकी युवती पक्राउ

मोरङको विराटनगर महानगरपालिका- १५ स्थित हुलास चोकबाट प्रतिबन्धित लागु औषधसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउँदै गरेको फिदिम नगरपालिका ४ पाँचथरकी २० वर्षीया एन्जिला सुजी पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रतिबन्धित औषधी लुपिजेसिक ३ एम्पुल, डाइजोपाम ३ एम्पुल ,फेनारागन ३ एम्पुल, एभिल ३ एम्पुल, नाइट्राभेट ३० चक्की, सुई ३ थान र स्पास्मो प्रोक्सिवन २ चक्की बरामद गरेको थियो ।  पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानामा राखेर थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार