२०८३ बैशाख ३० गते , बुधबार

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाल पक्राउ

sajilo news
झापा
२०७९ पौष २८ गते , विहीबार
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाल पक्राउ

बैङ्किङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी बिर्तामोड- २ स्थित चारपानेका ३९ वर्षीय सागरप्रसाद सिलवाल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई ३ दिन कैद, ३ लाख जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति भराउनु पर्ने तोकिएको थियो ।

झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए ।

सम्बन्धित समाचार