२०८३ बैशाख २४ गते , विहीबार
मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ती टोलीले शङ्कास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका- १ का ३० वर्षीय शक्ति प्रधान र सोही ठाउँका २२ वर्षीय सिद्धार्थ तामाङलाई १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।