२०८३ बैशाख २४ गते , विहीबार

स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

sajilo news
झापा
२०७९ पौष २८ गते , विहीबार
स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ७ लाखभन्दा बढी नेपाली रूपैयाँसहित विराटनगरबाट १ जनालाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ७ लाख ९ हजार रूपैयाँसहित विराटनगर महानगरपालिका १८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो ।

को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई विराटनगर-७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो ।

उनको साथबाट विभिन्न बैंकका १४ वटा एटीएम कार्ड र ९ थान चेक पनि फेला परेको श्रेष्ठले बताए । पक्राउ परेका साहबाट बरामद भएको रकम हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । साहले उक्त रकमको स्रोत खुलाउन नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।

सम्बन्धित समाचार