लागूऔषधसहित पाँच जना पक्राउ
मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शहिदभुमि गाउँपालिका-२ का ३६ वर्षीय टेकबहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाडौंका ४० वर्षीय प्रकाशचन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ वर्षीय हेमन लिम्बू , लेटाङ नगरपालिका-३ का २५ वर्षीय सुजन लिम्बू, इटहरी उप-महानगरपालिका-१० का १९ वर्षीय संदिप चौधरी र बर्जू गाउँपालिका-४ का २४ वर्षीय रोहित पौँदार रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले टेकबहादुर राई र प्रकाशचन्द्र राईलाई विराटनगर-१५ बाट ८० मिलिग्राम लागू औषध ब्राउन सुगर तथा हेमन लिम्बू र सुजन लिम्बूलाई विराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम-४ एम्पुल, फेनरगन- ४ एम्पुल, NITRAZEPAM-१० चक्कीसहित सोमबार दिउँसो पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागू औषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिकसहित पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।