२०८३ बैशाख २३ गते , बुधबार

प्रचण्ड नाम मात्रका प्रधानमन्त्री हुन् ?

sajilo news
पत्रपत्रिका
२०७९ पौष २६ गते , मंगलबार
प्रचण्ड नाम मात्रका प्रधानमन्त्री हुन् ?

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी ओलीले आफ्नो पार्टी एमालेको समर्थनमा रहेको दाहाल नेतृत्वको सरकार ढल्छ कि भन्ने आशंका नगरी विश्वासको मत पाउनेमा ढुक्क रहन आग्रह गरे ।

दाहालको समर्थनमा एमाले रहेको जिकिर गर्दै ओलीले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले नीति बनाउने पनि बताए ।त्यसलाई दाहाल नेतृत्वको सरकारले कार्यान्वयनमा लैजाने ओलीले संसद्को बैठकमा रेकर्ड गराएका छन् । त्यसले के दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् भन्ने प्रश्न उब्जाएको छ । 

कम्युनिस्ट मुलुकमा जस्तै नीति र कार्यक्रम पार्टीहरूले बनाउने र कार्यान्वयन मात्र सरकारले लैजाने अभ्यास गर्न लागिएको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ। विनाप्रसंग ओलीले आफू नेतृत्वको समितिलाई संसद्को बैठकमा प्रवेश किन गराउन चाहे रु

प्रमुख दलका शीर्ष नेताहरूको तुलनामा लामो मात्र होइन, सबैतिर छेडछाड गर्न भ्याएका ओलीले अघिल्लो प्रतिनिधिसभा दुईपटक विघटन गर्ने आफ्नो प्रयासलाई नयाँ संसद्को पहिलो बैठकमा पनि पुष्टि गर्ने प्रयास गरेका छन् । 

बेलायतको उदाहारणा दिँदै ओलीले जनतामाझ जानु प्रतिगमन नभएको दाबी गरे । उनले फेरि पनि प्रतिनिधिसभा विघटन हुन सक्ने संकेत गरेको त होइन भन्ने आशंका पनि राजनीतिक वृत्तमा उब्जिएको छ ।

साथै त्यसले संसद् विघटनलाई सबैभन्दा धेरै प्रतिगमन भन्दै आएको दाहाल र उनको नेतृत्वको माओवादी केन्द्रले विगतमा प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमलाई कसरी लिन्छ ?  यो समाचार नागरिक दैनिकमा छन् ।

सम्बन्धित समाचार