२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुर र मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ पौष २४ गते , आईतबार
भद्रपुर र मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

लागू औषध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेसँगै लागू औषध प्रयोगकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले दिनहुँ त्यस्ता लागू औषधमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो ।

यसैक्रममा आइतबार दुईजना पक्राउ परेका छन् । दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ७ मा सोही ठाउँ बस्ने २३ वर्षीय ओम पोर्तेललाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस्तै भद्रपुर नगरपालिका- ४ मा सोही ठाउँ २२ वर्षीय महमद सवर अन्सारीलाई लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले बताए ।

 

सम्बन्धित समाचार