२०८३ बैशाख २४ गते , विहीबार

ओमसाइ पाथीभरा हस्पिटल र एनएमबि बैंकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

sajilo news
झापा
२०७९ पौष १३ गते , बुधबार
ओमसाइ पाथीभरा हस्पिटल र एनएमबि बैंकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

भद्रपुर । भद्रपुरस्थित ओम साइ पाथीभरा हस्पिटल र एनएमबि बैंकबीच बुधवार स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार एनएमबि बैंकका सबै तहका कर्मचारीहरू र एनएमबि बैंकमा खाता भएका ग्राहकहरूले ओम साइ पाथीभरा हस्पिटलबाट प्रवाह हुने सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । 

यही पुस १३ गतेदेखि लागू हुने सम्झौतामा ओम साइ पाथीभरा अस्पतालका निर्देशक बालकुमार पोखरेल र एनएमबी बैंकका तर्फबाट हेडस्टेट प्रमुख सन्तोषकुमार बुढाथोकीले हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि आगामी एक वर्षको रहने छ । एक वर्षपछि सम्झौता पुनः थप हुने अस्पतालका प्रशासक मनोज दाहालले बताए ।

सम्बन्धित समाचार