२०८२ बैशाख ९ गते , मंगलबार
गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन्।
उनले मन्त्रालयका अधिकारीहरूले तयार पारेको निर्णयमा हस्ताक्षर गरेनन्। उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहलकदमी गर्ने निर्णय गरेका छन्।
उनले गृहका अधिकारीहरूलाई निर्मला पन्तको न्यायका लागि अहिलेसम्म भइरहेको प्रयासबारे जानकारी गराउन भन्दै उनको न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय गर्ने बताए।