२०८२ बैशाख ५ गते , शुक्रबार

प्रदेश १ का नवनिर्वाचित सांसदले लिए शपथ

sajilo news
झापा
२०७९ पौष ११ गते , सोमबार
प्रदेश १ का नवनिर्वाचित सांसदले लिए शपथ

प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराए । त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए । 

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । तीमध्ये मण्डलले सुरुमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । त्यसपछि उनले ९२ जनालाई प्रदेशसभा हलमा शपथ खुवाए ।  प्रदेशसभा सचिवालयले दिउँसो १स्३० बजे नवनिर्वाचितको शपथग्रहण कार्यक्रम राखेको थियो । 

सम्बन्धित समाचार