२०८२ बैशाख १६ गते , मंगलबार

चर्चित नायिका सामन्थाले फिल्म क्षेत्रबाट विश्राम लिने

sajilo news
झापा
२०७९ पौष १० गते , आईतबार
चर्चित नायिका सामन्थाले फिल्म क्षेत्रबाट विश्राम लिने

झापा । दक्षिण भारतीय नायिका सामन्था रुथ प्रभुले फिल्मबाट लामो समय विश्राम लिने भएकी छिन् । स्वास्थ्यले साथ नदिएपछि सामन्थाले फिल्मबाट विश्राम लिन लागेकी हुन् । उनले आफू कसरी मायोसाइटिस भन्ने रोगबाट पीडित भएको र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरेकी छिन् । 

नायिका सामन्था उक्त रोगको उपचारका लागि अमेरिका गएकी थिइन् । सामन्थालाई उक्त रोगबारे पत्ता लागेपछि स्वास्थ्यले गर्दा फिल्मबाट विश्राम लिन लागेको बताएकी छिन् । उनी आफूले साइन गरेका भारतीय फिल्मबाट पनि बाहिरिएकी छिन् । उनी ती प्रोजेक्ट आफ्नो कारणले ढिलाइ होस् भन्ने चाहँदिनन् । बरु उनी पूर्णरूपमा निको भएर फिल्ममा फर्केर यसअघि जस्तै उत्कृष्ट काम गर्न चाहन्छिन् ।

विजय देवरकोंडा, कुशीसँगको उनको फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ । यो फिल्मको छायांकन सकेर मात्र उनी लामो ब्रेक लिने तयारीमा छिन् ।

सम्बन्धित समाचार