रोटरी क्लब भद्रपुरद्वारा व्हील चेयर वितरण
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका चारजना अशक्त अपाङगहरुलाई छनौट गरी क्लबले व्हील चेयर वितरण गरेको हो ।
बुधवार भद्रपुरस्थित होटेल उडल्याण्डमा आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले उक्त व्हील चेयर वितरण गरेको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट ईश्वर अधिकारीले जानकारी दिए ।
व्हील चेयर पाउनेहरूमा भद्रपुर- ३ निवासी १७ वर्षीय लेखनाथ गनगाई, भद्रपुर- २ निवासी १० वर्षीय प्रसन्न राई, भद्रपुर- ४ निवासी ३८ वर्षीय दिनलाल माझी र हल्दीवारी- ३ निवासी १६ वर्षीय मेघराज ढुङ्गेल रहेका छन । करिब ५० हजार मुल्य बराबरको ४ थान व्हील चेयर वितरण गरिएको क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए ।
रोट्रयाक क्लब अफ भद्रपुरको सहआयोजना भएको कार्यक्रमको औचित्य माथि क्लबका पाष्ट प्रेसिडेन्ट टिकाराज ढकालले प्रकाश पारेका थिए । क्लबका प्रेसिडेन्ट अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पाष्ट प्रेसिडेन्टहरू दीपेश ढकाल, आदित्य पराजुली, विगत ओझा तथा प्रेसिडेन्ट इलेक्ट विनोद चापागाईँ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमका अडिनेटर कविन राईले जानकारी दिए ।