२०८३ असार १३ गते , शनिबार
२३ जना एसपीको काज सरुवा, झापामा रेग्मी
नेपाल प्रहरीका २३ जना एसपीको काज सुरु गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार ८ जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले बाँके, सर्लाही, सिन्धुली, कैलाली, पर्सा, धनुषा, झापा र सुर्खेतका प्रहरी प्रमुख फेरेको हो।
जसअनुसार झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुबेदी, सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देवेन्द्रबहादुर पाललाई कैलालीमा काज सरुवा गरेको हो।