२०८३ असार १३ गते , शनिबार

मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु

sajilo news
झापा
२०७९ पौष ४ गते , सोमबार
मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ ।  विगत लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरवासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि फेन्सिङ तारबार लगाउने कार्य अगाडी बढेको छ ।

पहिलो चरणमा नगरको पन्ध्र किमी फेन्सिङ सोलार तारबार लगाउने कार्य अगाडी बढेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार ३ करोडको लागतमा चारआली खण्डमा ६ किमी र बाँसबारी सामुदायिक वन र कालिका सामुदायिक वनको सिमानाबाट टिमाई खोलासम्म ९ किमीमा फेन्सिङ तारबार लगाउने कार्य अगाडी बढाइएको छ ।

नगरप्रमुख बुढाथोकीका अनुसार मेचीनगर क्षेत्रमा बाहुण्डाँगीदेखि चारआली सम्म १५२ किमी फेन्सिङ तारबारलगाउने योजना भएको बताउँदै बाँकी रहेको स्थानमा दोस्रो चरणमा कार्य अगाडी बढाउने बताए ।

सम्बन्धित समाचार