२०८३ असार १३ गते , शनिबार

जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

sajilo news
रासस
२०७९ पौष ३ गते , आईतबार
जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीया भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।  साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार