२०८३ बैशाख ३ गते , विहीबार

निगमले बल्ल घटायो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
निगमले बल्ल घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

सम्बन्धित समाचार