२०८३ असार १३ गते , शनिबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु

झापामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका-८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका- ५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी- १० निवासी ५८ वर्षीय  शुक्रबहादुर तामाङलाई कुनै चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका- ५ निवासी ३० वर्षीय बल बहादुर राईलाई नियन्त्रणमा लिएको छ ।   

सम्बन्धित समाचार