२०८३ असार १३ गते , शनिबार

सडकमा हिँड्दा हिँड्दै ढलेका पुरुषको मृत्यु 

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
सडकमा हिँड्दा हिँड्दै ढलेका पुरुषको मृत्यु 

विराटनगरमा हिँडिरहेका बेला एक्कासि सडकमा ढलेका एकजना पुरुषको मृत्यु भएको छ । हिँड्दाहिँड्दै ढलेर विराटनगर महानगरपालिका- ९ चुलाचुली मार्गमा अन्दाजी ५५ वर्षीय बलराम भगतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिँडिरहेका बेला बिहान ९ः३० बजेतिर भगत एक्कासि ढलेका थिए ।

ढलेकै ठाउँमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

सम्बन्धित समाचार